Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज पनि बाटोमै रोकिए फोहोर बोकेका गाडी

काठमाडौं । काठमाडौं उपत्यकाबाट फोहोर बोकेर ल्यान्डफिल साइट गएका गाडी नुवाकोटको आलेटार र सिसडोलमा रोकिएको छ।

बञ्चरेडाँडा वरपरका स्थानीय बासिन्दाले फोहोर विसर्जनमा अवरोध गरेसँगै फोहोर रोकिएको हो।

अगाडि पछाडि प्रहरीका गाडी पनि छन्। तर स्थानीयको अवरोधका कारण गाडी अघि बढ्न नसकेका हुन्।

स्थानीय बासिन्दा हातमा ढुंगा बोकेर डाँडामा बसेका छन्। केही युवाहरु सडकमै छन् भने केही स्थानीयहरु धानखेत, मकैबारी लगायतका स्थानमा बसेर गाडी जान दिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077