Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ट्रकको ठक्करबाट घाइते स्कुटर चालकको मृत्यु

झापा । ट्रकको ठक्करबाट घाइते स्कुटर चालकको उपचारको क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा दमक नगरपालिका-४ निवासी ६८ वर्षीय राम जुलुम नायक रहेका छन् ।

पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ८ ख ३३३३ नम्बरको ट्रकले दक्षिणबाट उत्तरतर्फ बाटो क्रस गर्दै गरेको प्रदेश नम्बर १–०४–००१ प २४५५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

ट्रक चालक ३८ वर्षीय मातृका दनुवार र ट्रक इलाका प्रहरी कार्यालय झापाको नियन्त्रणमा रहेको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077