Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भीम रावल भन्छन् - नागरिकता विधेयकमा पुनर्विचार गर्न राष्ट्रपतिको सन्देश राष्ट्रिय हित अनुरूप

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले नागरिकता विधेयकमा खुकुलो प्रावधान राखेर देशलाई कमजोर पार्ने प्रपञ्च गरिएको टिप्पणी गरेका छन् । प्रमाणीकरणको लागि सभामुखले पठाएको नागरिकता सम्बन्धी विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार प्रतिनिधि सभामा फिर्ता पठाएपछि उनले यस्तो टिप्पणी गरेका हुन् । देशलाई कमजोर पार्ने उद्धेश्यले ल्याएको नागरिकता विधेयक राष्ट्रपतिले प्रतिनिधि सभामा फिर्ता पठाएर राष्ट्र हितमा काम गरेको उनको दाबी छ । ‘खुकुलो नागरिकताले नेपाल कमजोर पार्ने प्रपञ्च छ । नेपालीले सहजै नागरिकता पाउने र विदेशीले नपाउने नीति देश हितमा छ,’ नेता रावलले सोमबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘नागरिकता विधेयकमा पुनर्विचार गर्न राष्ट्रपतिको सन्देश संविधानको धारा ११३ (३) र राष्ट्रिय हित अनुरूप छ । देश हित रक्षामा संविधानसम्मत पाइला चाल्नु उहाँको कर्तव्य हो ।’ संसदका दुवै सदनले पारित गरेर प्रमाणीकरणका लागि आफूकहाँ पठाएको नागरिकतासम्बन्धी विधेयक राष्ट्रपति भण्डारीले फिर्ता गरेपछि नेपाली राजनीतिमा तरंग छाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077