Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

फोहोर बोकेर गएको गाडी र सुरक्षाकर्मीलाई रोक्न बञ्चरेडाँडाका बासिन्दाले गुलेली हाने

काठमाडौं । फोहोर बोकेर गएको गाडी र सुरक्षाकर्मीलाई रोक्न बञ्चरेडाँडाका बासिन्दाले गुलेली हानेका छन् ।

स्थानीयबासिन्दाको अवरोध खुलाउन पुगेको प्रहरी र स्थानीयबासिन्दाबीच ठाउँ ठाउँमा झडप भएको छ । प्रहरीले स्थानीयबासन्दिलाई लखेटेर बञ्चरेडाँडामा करिब ५० ट्रक फोहोर झारेको छ ।

प्रहरीले लखेटेपछि स्थानीयबासीले डाँडामा बसेर गुलेली र ढुंगा प्रहार गरेका एक जना प्रत्यक्षदर्शीले जानकारी दिएक छन् ।

‘प्रहरीले फोहोर रोक्ने को हो ? हिजो विज्ञप्ति जारी गर्ने को को हो ? भन्दै घर घरमा सोधिरहेको छ । स्थानीय युवाहरु कोहि घरमा बसेका छैनन् । सबै डाँडामा चढेका छन् ।

५० ट्रकजति फोहोर जबरजस्ती झारेपछि यहाँको मान्छेले ढुंगा हानेका थिए । त्यसपछि फोहोर झार्न रोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077