Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पक्राउ पुर्जी जारी भएका नेकपाका प्रवक्ता प्रकाण्ड चीन प्रस्थान

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ चीन प्रस्थान गरेका छन्।

एयर चाइनाको सीए-४३८ उडानबाट उनी आइतबार चीनको छेन्दु प्रस्थान गरेका हुन्।

प्रकाण्ड चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा चीन गएका हुन्। ललितपुर जिल्ला अदालतबाट केही दिनअघि मात्र उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो।

गत साउन १६ गते पक्राउ पुर्जी जारी भए पनि उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै चीन उडेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077