Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दशैंको छेको पारेर असोज १४ मा आउने भयो बाबरी

काठमाडौं । अदिती बुढाथोकी र धीरज मगरको मुख्य भूमिका रहेको चलचित्र ‘बाबरी’ असोज १४ गते रिलिज हुने भएको छ ।

सुरेन्द्र पौडेलले निर्देशन गरेको फिल्म दशैंको छेको पारेर प्रदर्शनमा आउन लागेको हो ।

अदिती बुढाथोकी र धीरज मगरको मुख्य भूमिका रहेको फिल्म त्रिकोणात्मक प्रेमकथामा निर्माण भएको छ ।

बाबरी फिल्मको प्रस्तुतिमा निर्माण भएको फिल्मका गणेश बुढाथोकी र पुष्पलता बुढाथोकी निर्माता रहेका छन् ।

पटकथा तथा संवाद रितसिंह बोहरा, सिजन दाहाल, मनोज त्रिपाठी र किशोर नेपालले मिलेर लेखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077