Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रहरी समायोजनमा ढिलाइ गरेको भन्दै मधेश प्रदेश सरकारका मन्त्रीहरू धर्नामा

बिराटनगर । मधेश प्रदेश सरकारले संघीय सरकाविरुद्ध आन्दोलन थालेको छ । प्रहरी समायोजनमा ढिलाइ गरेको भन्दै मधेश प्रदेश सरकारका मन्त्रीहरूले आइतवारदेखि आन्दोलन थालेका हुन् ।

आइतवार बिहान ११ बजेदेखि उनीहरू प्रदेश प्रमुख उमाशंकर मिश्रको कार्यकक्ष अगाडि धर्नामा बसेका छन् ।

धर्नामा मुख्यमन्त्री लालबाबु राउतसहित सबैमन्त्रीहरू सहभागी छन् । धर्ना कार्यक्रम दिउँसो २ बजेसम्म जारी रहने छ ।

प्रदेश सरकारहरूले प्रहरी समायोजनको काम चाँडो सक्न संघीय सरकारलाई दबाब दिँदै आएका छन् ।

यसअघि सबै प्रदेशका गृहमन्त्रीहरूको भेलाले संघीय सरकारलाई प्रहरी समायोजन ऐन तत्काल जारी गरेर प्रहरीलाई प्रदेश मातहत दिन आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077