Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

२ अर्ब १६ करोड २७ लाख रुपैयाँको बोसो आयात

काठमाडौं । नेपालमा गत आर्थिक वर्ष विदेशबाट २ अर्ब १६ करोड २७ लाख रुपैयाँभन्दा बढीको बोसो आयात भएको छ । विदेशबाट एकै वर्षमा अर्बभन्दा बढीको जनावरको प्रशोधित बोसो आयात भएको हो ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार उक्त मूल्य बराबरको १६ करोड २ लाख किलोग्राम बोसो आयात भएको छ । नेपालमा आयात हुने बोसो भारत, अष्ट्रेलिया र न्यूजील्याण्डबाट आउने गरेको विभागले जनाएको छ ।

गत वर्ष भारतबाट सबैभन्दा धेरै २ अर्ब ४ करोड ५५ लाख रुपैयाँको बोसो भित्रिएको छ ।

यस्तै, अष्ट्रेलीयाबाट ३ करोड ७३ लाख रुपैयाँको र न्यूजील्याण्डबाट ७ करोड ९८ लाख रुपैयाँको बोसो भित्रिएको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077