Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

डोनाल्ड ट्रम्पले भने - घर खानतलासी पुर्जी सार्वजनिक गरे हुन्छ

एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो घर खानतलासी गर्न जारी गरिएको पुर्जी सार्वजनिक गर्न आग्रह गरेका छन् ।

उनले यसै साताको सुरुमा फ्लोरिडास्थित आफ्नो निवास मार–ए–लागोमा खानतलासी गर्न संघीय जाँचबुझ ब्यूरो (एफबीआई) का एजेन्टहरूलाई दिइएको पुर्जी सार्वजनिक गरिए पनि आफूले कुनै विरोध नगर्ने बताएका हुन् ।

“म त त्यो पुर्जी तत्काल सर्वजनिक गरियोस् भन्न चाहन्छु । तर, अझै पनि दोहोर्‍याएर दाबी गर्छु कि त्यो खानतलासी अनावश्यक र राजनीतिक पूर्वाग्रहबाट प्रेरित थियो, एक विज्ञप्तिमार्फत ट्रम्पले भनेका छन् ।

अमेरिकी न्यायमन्त्रालयले फ्लोरिडाको अदालतलाई सो पुर्जी सार्वजनिक गर्न अनुरोध गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077