Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रचण्डलाई बाबुरामको प्रस्ताव - आगामी चुनावमा संयुक्त मोर्चा बनाएर एउटै चिन्हमा निर्वाचन लडौं

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।

ललितपुरको हात्तीवनस्थित प्रचण्डको भान्जाको घरमा भेटवार्ता भएको हो । भेटमा आगामी आम निर्वाचनमा मोर्चा बनाएर जाने बारे छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले चुनावी मोर्चा बनाउने बारे छलफल गरिरहेको बेला नेपाल समाजवादी पार्टी पनि उक्त मोर्चामा सहभागी हुने प्रस्ताव बैठकमा डा बाबुराम भट्टराईले गरेका छन् ।

उनले आगामी चुनावमा संयुक्त मोर्चा बनाएर एउटै चुनाव चिन्हमा निर्वाचनमा सहभागी हुनेबारे प्रस्ताव गरेको बुझिएको छ ।

एउटै चुनाव चिन्ह बनाउनेबारे गठबन्धनमा रहेका र मोर्चामा सहभागी हुन सक्ने अन्य दलका नेतासँग पनि छलफल गर्ने निष्कर्षमा तीन नेताहरू पुगेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077