Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपालबाट ११ करोड ४७ लाख रुपैयाँ बराबरको ‘क्याप टोपी’ निर्यात

काठमाडौं । नेपालबाट गत आर्थिक वर्ष २०७८/७९ मा ११ करोड ४७ लाख रुपैयाँ बराबरको ‘क्याप टोपी’ निर्यात भएको छ ।

भन्सार विभागले जारी गरेको तथ्याङ्क अनुसार गत वर्षभरिमा ह्याट्ससहित उक्त मूल्य बराबरको क्याप टोपी निर्यात भएको हो ।

विभागले गत वर्ष नेपालबाट १० करोड ६४ लाख रुपैयाँ बराबरको क्याप निर्यात भएको जनाएको छ ।

यस्तै, सोही अवधिमा ८८ लाख रुपैयाँ बराबरको ह्याट्स निर्यात भएको जानकारी विभागले दिएको छ । खासगरी, नेपालबाट विदेशतर्फ गार्मेन्टबाट बनेका सामाग्री निर्यात हुने गरेको छ ।

गत वर्ष नेपालबाट सल, मोजा, जुत्ता, टिसर्ट जस्ता वस्तुको समेत निर्यात भएको विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077