Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको घरमा एफबीआईको छापा

एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको घरमा अमेरिकी गुप्तचर निकाय एफबीआईले छापा मारेको छ । ट्रम्पले एक विज्ञप्ति जारी गर्दै एफबीआईले आफ्नो फ्लोरिडास्थित घरमा छापा मारेको बताएका हुन् ।

पूर्वराष्ट्रपति ट्रम्पको फ्लोरिडास्थित आलिसान निवासमा छापा मार्ने क्रममा दर्जनौं सुरक्षाकर्मीले निवास केही बेर नियन्त्रणमा लिएको उनको आरोप छ ।

उनले एक विज्ञप्ति जारी गर्दै आफ्नो निवास कब्जामा लिएको बताए । आफूले सहयोग गर्दा गर्दै पनि अनाधिकृत रुपले निवासमा छापा मारेको उनले आरोप लगाए ।

गत वर्ष अमेरिकी क्यापिटल भवनमा भएको दंगामा ट्रम्पको संलग्नता भएको भन्दै छानबिन प्रक्रिया जारी रहेकै बेला उनको निवासमा छापा मारिएको खबर बाहिर आएको हो ।

घरमा छापा मार्ने समयमा पूर्वराष्ट्रपति ट्रम्प भने न्यूयोर्क शहरको ट्रम्प टावरमा रहेका थिए । उनी राष्ट्रपति हुँदा सरकारी कागजातको दुरुपयोग सम्बन्धमा छानबिनका लागि छापा मारेको बताइएको छ । एफबीआईले पनि ट्रम्पको घरमा विना कुनै जानकारी छापा मारिएको पुष्टि गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077