Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

माधव नेपालले प्रधानमन्त्री हुँदा सिन्को भाँचेनन् : केपी शर्मा ओली

रौतहट । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रौतहटबाटै चुनाव जितेका र प्रधानमन्त्रीसमेत भएका माधवकुमार नेपालले जिल्लाको विकासका लागि सिन्को पनि नभाँचेको आरोप लगाएका छन् ।

रौतहटमा गौरमा भएको पार्टी प्रवेश कार्यक्रमलाई संवोधन गर्दै ओलीले भने, ‘तपाईंहरुलाई थाहा छ, अरुले २०–२५ वर्षमा गर्न नसकेको काम नेकपा एमालेले ३ वर्षमा गरेर देखायो, तर माधवकुमार नेपालले २१ महिना प्रधानमन्त्री हुँदा सिन्को पनि भाँचेनन् ।’


प्रभु साह, रघुवीर महासेठले रौतहटमा मात्र नभई तराइ मधेस क्षेत्रमा धेरै काम गरेको र योजना ल्याएको उनले बताए । ‘म प्रधानमन्त्री हुँदा तराइका मेचीदेखि महाकालीसम्मकै जिल्लामा विकासका काम गरेँ,’ उनले भने, ‘हुलाकी राजमार्ग भन्नुहोस्, कि रेलमार्ग भन्नुहोस्, धेरै योजनामा पैसा पठाएँ, धेरै काम भएका छन् ।’


उनले तराइ मधेसको विकास गर्न र देशलाई समृद्ध बनाउन एमालेले अबको चुनाव जित्नु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077