Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रासायनिक मल कारखाना खोल्न चासो, विभिन्न सम्भावनाबारे थप छलफल

काठमाडौं । एक सरकारी अध्ययन प्रतिवेदनअनुसार नेपालमा हाइड्रोजन र त्यसबाट रासायनिक मल उत्पादन गर्न सम्भव देखिएपछि त्यसलाई कार्यान्वयनमा ल्याउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले चासो देखाएको छ ।

मन्त्रिपरिषद्को निर्णयमार्फत गठित एक अध्ययन समितिले गत साउन १० गते प्रतिवेदन बुझाएको थियो । मन्त्री पम्फा भुसालले प्रतिवेदन तयार गर्नेहरूसँग विभिन्न सम्भावनाका बारेमा आइतबार थप छलफल गरेकी हुन् ।

छलफलमा सहभागी अध्ययन समितिका संयोजक चिरञ्जीवी चटौतका अनुसार प्रतिवेदनका बारेमा विस्तृत जानकारी लिने र ती सुझाव कार्यान्वयनका उपायबारे बैठकमा छलफल भएको थियो । “रासायनिक मल कारखाना स्थापनाका लागि अब के कस्ता रणनीति तथा कार्यनीति अख्तियार गर्न सकिन्छ भनेर बैठकमा छलफल भएको छ,” उनले भने ।

छलफलमा हाइड्रोजन तथा रासायनिक कारखानाको नेतृत्वकारी निकाय निर्धारणका विषयमा पनि छलफल भएको हो । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077