Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अरिँगालको टोकाइबाट सुनारको मृत्यु

रुकुम पश्चिम । अरिँगालको टोकाइबाट एकजनाको मृत्यु भएको छ।

जिल्लाको त्रिवेणी गाउँपालिका–१ का ४० वर्षीय सुवर्ण सुनारको मृत्यु भएको हो। ३ दिनअगाडि अरिँगालले टोकेका सुनारको आज आइतबार उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा मृत्यु भएको हो।

साथीहरूसँग सल्यानको बाफुखोलामा अरिँगाल झार्न गएका सुनारलाई अरिँगालले टोकेको थियो।

३ दिनसम्म स्थानीय निजी स्वास्थ्य संस्थामा उपचार गरेको र निको नभएपछि थप उपचारका लागि आइतबार नेपालगञ्ज लैजाँदै गर्दा सुनारको सल्यानको श्रीनगरमा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077