Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भीम रावलको आरोप - न्यायपालिका, व्यवस्थापिका र कार्यपालिकामा कानुन मिच्ने प्रवृत्ति बढेर गयो

काठमाडौं । नेकपा एमालेको सांसद भीम रावलले देशको न्यायपालिका, व्यवस्थापिका र कार्यपालिकामा विकृतिको थुप्रो लागेको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफलको क्रममा तथ्यको आधारमा अघि बढ्नुपर्ने बताएका हुन्।

उनले कुनै व्यक्तिलाई पनि संविधान न कानुन बाहिर जाने अधिकार नहुने बताए। न्यायपालिकाको बिषयमा उठेको प्रश्नमा तथ्यको आधारमा आवश्यक कदम चाल्नुपर्ने बताए।

देशको हितअनुसार सोच्नुपर्ने भएकाले सम्बन्धित समितिले छानविन गरेपछि मात्रै गहन छलफल हुने बताए।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077