Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

क्युवाको एक तेल डिपोमा आगलागी : २१ जना वेपत्ता, ८० घाइते

एजेन्सी । क्युवाको एक तेल डिपोमा चट्याङ पर्दा भयंकर आगलागी भएको छ । सोही आगलागीका कारण दर्जनौं मानिस वेपत्ता भएका छन् ।

मातान्जसमा रहेको क्युवाको दोस्रो ठूलो तेल डिपोमा शनिबार चट्याङ पर्दा आगलागी भएको र ठूलो मानवीय समस्या निम्तिएको हो ।

आगलागीमा परी कम्तिमा २१ जना हराइरहेका छन भने अहिलेसम्म ८० जना घाइते भएको जनाइएको छ । अस्पताल भर्ना गरिएका ३६ जना मध्ये अधिकांशको अवस्था गम्भीर रहेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आगो निभाउन गएका १७ वटा बारुण यन्त्रको अवस्था पनि अज्ञात रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077