Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

घरेलु टोली वेस्ट इन्डिजविरूद्वको सिरिज भारतलाई

एजेन्सी । घरेलु टोली वेस्ट इन्डिजविरुद्धको पाँच खेलको टी-ट्वान्टी सिरिज भारतले जितेको छ ।

शनिवार राति भएको चौथो खेलमा घरेलु टोलीलाई ५९ रनले पराजित गर्दै भारतले सिरिज एक खेल अगाबै ३(१ ले जितेको हो ।

भारतले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज ५ बल अगाबै १ सय ३२ रनमा अलआउट भयो ।

त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो ।

दुई टोलीबीचको पाँचौं तथा अन्तिम टी-२० खेल आइतबार हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077