Online Nepal
  • बिहिबार, २५ पुष २०८१
  • समाजवाद ल्याउनका लागि सडक, सदन र सरकारबाट संघर्ष गर्छौ : बाबुराम भट्टराई

    समाजवाद ल्याउनका लागि सडक, सदन र सरकारबाट संघर्ष गर्छौ : बाबुराम भट्टराई

    अनलाइन नेपाल
  • शनिबार, २१ साउन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाल समाजवादी पार्टीका नेताका डा.बाबुराम भट्टराईले समाजवाद ल्याउनका लागि सडक, सदन र सरकारबाट संघर्ष गर्ने बताएका छन् ।

    शनिवार नेपाल समाजवादी पार्टीको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले पार्टीले समाजवाद, आर्थिक समृद्धिका लागि संघर्ष गर्ने र त्यसका लागि आफूहरूले हरेक मोर्चालाई प्रयोगमा ल्याउने बताएका हुन् ।



    अगामी चुनावमा भाग लिनका लागि विचार मिल्ने दलहरूसँग गठबन्धन गर्न सकिने बताउँदै उनले एक्लै अगाडि बढेर हुन्छ कि विचार मिल्नेसँग सहकार्य गर्ने त्यस विषयमा छलफल गरेर अगाडि बढ्ने बताए ।



    उनले भने, ‘हाम्रो बाटो अलि अप्ठ्यारो छ, तर हामी ढिलो चाँडो विजय हासिल गर्छौँ ।’

    उनले जसपालाई आफूहरूले रूपान्तरण गर्ने प्रयासस्वरुप असारको २८ र २९ गते बैठक पनि बसे पनि रूपान्तरणको कुनै सङ्केत नदेखिएको गुनासो गरे ।

    जसपा क्षेत्रीय दल हुँदै पतनको दिशामा रहेको उल्लेख गर्दै उनले जसपाले देशको वैकल्पिक शक्तिको कार्यभार पूरा गर्न सक्दैन भन्ने बुझेर नै नेपाल समाजवादी पार्टी गठन गरेर अगाडि बढेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार