Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिकासँगका विभिन्न विषयमा जारी वार्ता स्थगित गर्ने चीनको घोषणा

एजेन्सी । चीनले अमेरिकासँगका केही महत्त्वपूर्ण सहकार्य स्थगित गर्ने घोषणा गरेको छ ।

चीनको विदेशमन्त्रालयले अमेरिकासँग जलवायु परिवर्तन, सैन्य वार्ता, अपराध, लागुऔषध तथा गैरकानुनी आप्रवासनसम्बन्धी सहकार्यहरू स्थगित गरेको हो ।

बेइजिङले अमेरिकी सभामुख न्यान्सी पेलोसी र उनको परिवारलाई पनि प्रतिबन्ध लगाएको छ । तर, कस्ता प्रतिबन्ध लगाइएका हुन् स्पष्ट नपारिएको बीबीसीले जनाएको छ । पेलोसीले ताइवान भ्रमण गरेपछि विवाद बढेको हो ।

जलवायु परिवर्तनसहितका मुख्य विषयमा बेइजिङले सहकार्य स्थगित गर्ने घोषणा गरेसँगै ताइवानलाई लिएर चीन र अमेरिकाबीचको विवाद थप गहिरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077