Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मनसुनजन्य विपद्का कारण जेठ यता ९७ जनाको मृत्यु, ८७० परिवार प्रभावित

काठमाडौं । मनसुनजन्य विपद्का दुई महिनामा देशभर ९७ जनाको ज्यान गएको छ । यस वर्ष १८ जेठबाट नेपालमा मनसुन हो ।

सो मितियता १८ साउनसम्मको दुई महिनाको अवधिमा मनसुनजन्य विपद्का ७ सय १० घटनामा परी ९७ जनाको ज्यान गएको गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

यो अवधिमा चार जना बेपत्ता तथा २ सय १५ घाइते भएको र ८ सय ७० परिवार प्रभावित भएका छन् । यस वर्ष मनसुनजन्य विपद्बाट २० लाख मानिस प्रभावित हुने आङ्कलन गरिएको छ ।

दुई महिने अवधिमा १ सय ५७ घर पूर्ण रूपमा क्षति हुँदा २ सय ४७ घर आंशिक प्रभावित बन्न पुगेको छ । यो अवधिमा सबैभन्दा बढी ३८ घटना झापा र त्यसपछि २८ घटना सुनसरीमा भएको छ ।

कैलाली, अछाम, म्याग्दीमा सबैभन्दा बढी मृत्यु भएको छ । ती जिल्लामा यो अवधिमा पाँच(पाँच जनाको ज्यान गइसकेको छ । त्यस्तै, कञ्चनपुर, तनहुँ, धादिङ र बागलुङमा चार-चार जनाको ज्यान गएको तथ्याङ्क छ । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077