Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपालबाट १२ करोडको स्यानिटरी प्याड र डाइपर निर्यात

काठमाडौं । गत आर्थिक वर्ष २०७८/७९ मा नेपालबाट १२ करोड रुपैयाँ बराबरको स्यानिटरी प्याड र डाइपर निर्यात भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत वर्षभरिमा उक्त मूल्य बराबरको प्याड र डाइपर निर्यात भएको हो । जसमध्ये ३ करोड ५१ लाख रुपैयाँ बराबरको १ करोड १९ लाख ३० हजार वटा प्याड निर्यात भएको देखिएको छ ।

यस्तै, उक्त अवधिमा ८ करोड ६१ लाख रुपैयाँ बराबरको १ करोड १३ लाख ५७ हजार वटा डाइपर निर्यात भएको छ । नेपालबाट निर्यात हुने स्यानिटरी प्याड भारत र बंगलादेशमा जाने गरेको छ ।

जसमध्ये भारतमा ३ करोड ५१ लाखको निर्यात भएको छ भने बंगलादेशमा १८ हजार रुपैयाँको निर्यात भएको छ । यस्तै, डाइपरको निर्यात गन्तव्य भने शतप्रतिशत भारत रहेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077