Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वेस्ट इन्डिजसँग भारत ५ विकेटले पराजित

एजेन्सी । भारतसँगको दोस्रो टी–२० क्रिकेटमा वेस्ट इन्डिज ५ विकेटले विजयी भएको छ । योसँगै पाँच खेलको टी–२० शृङ्खला १–१ को बराबरी भएको छ ।

पहिलो खेलमा भारत ६८ रनले विजयी भएको थियो । सेन्ट किट्समा टस हारेर पहिला ब्याटिङ गरेको भारत वेस्ट इन्डिजका ओबेद म्याककोयले ६ विकेट लिएपछि १९ ओभर ४ बलमा १ सय ३८ रनमा अलआउट भएको थियो ।

म्याककोयले ४ ओभरमा १ मेडनसहित १७ रन खर्चेर ६ विकेट लिए ।

जेसन होल्डरले २ विकेट लिए । जितको लागि १ सय ३९ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १९ ओभर २ बलमा ५ विकेट गुमाउँदै भेट्टायो ।

भारतका अर्शदीप सिंह, रविन्द्र जडेजा, रविचन्द्रन आश्विन, आवेश खान र हार्दिक पान्ड्याले एकरएक विकेट लिए । खेलाडीको सामान ढिलो आउँदा गएरातिको खेल तीन घण्टापछि सरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077