Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौंको तारकेश्वरमा एकै परिवारका चार जना मृत भेटिए

 

काठमाडौं । काठमाडौंको तारकेस्वर नगरपालिका काभ्रेस्थलीमा एकै परिवारका चारजना मृत फेला परेका छन्।

तारकेश्वर नगरपालिका–११ तारकेश्वरमा श्रीमान–श्रीमती र दुई छोराछोरीको शव फेला परेको हो । प्रहरीका अनुसार १३ वर्षकी छोरी र ८ वर्षका छोरासमेत मृत फेला परेको छन्।

तर, उनीहरुको पहिचान भने खुलेको छैन । अहिले घटनास्थलमा काठमाडौं प्रहरी परिसर, प्रहरी वृत्त बालाजु र काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोली घटनास्थलमा पुगेको छ ।

४ जनाको शव फेला परेको तर हत्या वा अन्य भन्ने नखुलेको प्रहरीले जनाएको छ । उनीहरुको हत्या कसले र किन गरेको भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077