Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आगो लगाएर ३२ सर्वसाधारणको हत्या गर्ने गिरोह खोजी गर्न हेलिकोप्टर तैनाथ

एजेन्सी । मडागास्करमा घरमा आगो लगाएर कम्तीमा ३२ जना सर्वसाधारणको हत्या गरिएको छ ।

सोही आपराधिक गिरोहको खोजी गर्न मडागास्करमा सेनाको हेलिकप्टर तैनाथ गरिएको छ ।

प्रहरीका अनुसार मानिसहरूलाई जबरजस्ती खरले बनाएको तीनवटा घरभित्र बस्न बाध्य पारेर आगो लगाइएको थियो ।

राजधानी अन्टानानारिभोको उत्तरमा रहेको अन्काजोबे जिल्लामा शुक्रबार भएको हमलामा महिला र बालबालिका पनि परेका थिए ।

रक्षामन्त्रीले आगलागीको दोष स्थानीय रूपमा ‘दहलो’ भनेर चिनिने गाईबस्तु तस्करीलाई दोष दिएका छन् । गाईबस्तु चोरी र यसलाई रोक्नको लागि भएका प्रयासले पछिल्ला वर्षहरूमा अत्यन्त हिंसक टकरावहरू निम्त्याएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077