Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जनकपुरमा सडकमै सुतेर सुकुम्बासीको प्रदर्शन

जनकपुरधाम । जनकपुरधामस्थित मधेस भवनमा रहेको मुख्यमन्त्री कार्यालयअगाडि सुकुम्बासीहरूले सुतेर विरोध जनाएका छन् ।

चुरे तथा वन जंगल संरक्षण अभियानको आह्वानमा आन्दोलित बनेका सुकुम्बासीहरू सडकमै सुतेर विरोध जनाएका हुन् ।

सुकुम्बासीका नाममा अर्कै व्यक्तिले चुरे तथा वन, जंगलको अतिक्रमण गरिरहेको र वास्तविक सुकुम्बासी जग्गा पाउने अधिकारबाट वञ्चित भएको भन्दै उनीहरूले आन्दोलन गर्दै आएका छन् ।

मुख्यमन्त्री कार्यालय सुरक्षाकर्मीले घेर्न नदिएपछि ग्रामीण भेगबाट आएका सयौं सुकुम्बासी सडकमै सुतेका छन् । आन्दोलनस्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077