Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

घरेलु टोली वेस्ट इन्डिजमाथि भारतको सानदार जित

एजेन्सी । भ्रमणकारी भारतले पहिलो टी-२० आई सिरिजमा घरेलु टोली वेस्ट इन्डिजलाई हराएको छ। गएराति तरौबाको ब्रायन लारा रङ्गशालामा भएको खेलमा भारतले वेस्ट इन्डिजलाई ६८ रनले हराएको हो ।

भारतले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ८ विकेट गुमाएर १ सय २२ रन मात्र बनाउन सक्यो ।

भारतका रविचन्द्र आश्विन, रवि बिश्नोई र अर्शदिप सिंहले २-२ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९० रन जोडेको थियो ।

भारतका कप्तान रोहित शर्माले ६४ रनको अर्धशतकीय पारी खेले । जितसँगै भारतले ५ खेलको श्रृङ्खलामा १–० को अग्रता बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077