Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • संसदीय छानबिन प्रतिवेदन : चार जनाले भने -शंकास्पद व्यक्तिलाई सोधपुछ गर्न पाइएन

    संसदीय छानबिन प्रतिवेदन : चार जनाले भने -शंकास्पद व्यक्तिलाई सोधपुछ गर्न पाइएन

    अनलाइन नेपाल
  • शुक्रबार, १३ साउन २०७९
  • 954
    SHARES

    काठमाडौँ । तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि गरिएको छानबिन प्रतिवेदनमा चार जना सदस्यहरूले फरक मत राखेका छन् । नेकपा एमाले तर्फका सदस्यहरू खगराज अधिकारी, प्रदीप ज्ञवाली, विमला विक र भानुभक्त ढकालले प्रतिवेदनमा फरक मत राखेका हुन् ।

    बजेट निर्माणका मन्त्रालयमा प्रवेश गर्ने अनधिकृत भनिएको व्यक्तिलगायत छानबिनको दायरामा रहेका व्यक्तिहरूको कल डिटेल र मोबाइल लोकेसन उपलब्ध नगराएको, बजेट निर्माणको रातिको सम्पूर्ण दृश्य संग्रहित दुरुस्त अवस्थाको सीसीटीभी फुटेज उपलब्ध नगराएको लगायत असन्तुष्टि फरक मतमा राखिएको छ ।



    यस्तै कतिपय दस्तावेज र विवरण अर्थ मन्त्रालयका कर्मचारीहरूले उपलब्ध नगराएकाले पनि शंकास्पद व्यक्तिहरूसँग सोधपुछ गर्न नपाइएको चार सदस्यहरूले भनेका छन् । यस्तै मन्त्रालयमा रातिको सुरक्षा जिम्मा लिएका सुरक्षाकर्मीसँग पनि सोधपुछ गर्न अवरोध भएको उनीहरूले जनाएका छन् ।



    बरु अर्थ मन्त्रालयका कर्मचारीहरूले प्रधानमन्त्रीको संरक्षकत्व खोज्दै विवरण लुकाएको पनि उनीहरूको आरोप छ । जसले गर्दा बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेश भएको आशंकामा झन् बल पुगेको उनीहरूको निष्कर्ष छ ।

    ११ सदस्यीय समितिले प्रतिनिधिसभामा पेस गरेको प्रतिवेदनमा भने सीसीटीभी फुटेजमा अनधिकृत व्यक्तिको प्रवेश नदेखिएको र कर हेरफेर गरेको कुरा पुष्टि नभएको जनाइएको छ ।उक्त छानबिन समितिले शुक्रबार नै प्रतिनिधिसभामा प्रतिवेदन पेस गरिसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार