Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

तत्कालीन अर्थमन्त्री शर्मामाथिको छानबिन प्रतिवेदन सदनमा पेश गर्ने तयारी

काठमाडौं । तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि विशेष समितिले गरेको छानबिनको प्रतिवेदन सभामुखलाई बुझाउने भएको छ ।

सभामुखलाई बुझाए लगत्तै सदनमा पेश गर्ने तयारी छ । बिहीबार नै समय सकिएको समितिले शुक्रबार सभामुखलाई प्रतिवेदन बुझाउने निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार जेष्ठ सदस्यको हैसियतमा समितिको संयोजकत्व गरेका लक्ष्मणलाल कर्णले सभामुखलाई प्रतिवेदन बुझाउने तय भएको हो । सुरुमा १० दिनभित्र छानबिन गरेर प्रतिवेदन तयार गर्ने भनेर समिति गठन भएको थियो ।

करको दल हेरफेर गर्न अनधिकृत व्यक्तिको प्रवेश भएको भनी प्रश्न उठेपछि २२ असारमा ११ सदस्यीय समिति गठन भएको थियो ।  तर, समितिले समय नपुगेको भन्दै ७ दिनको म्याद थप मागेको थियो । संसदले पनि ७ दिनको म्याद थप गरेपछि समितिले बुधबार प्रतिवेदनलाई अन्तिम रुप दिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077