Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वेस्ट इन्डिजविरुद्धको वानडे सिरिजमा भारतको क्लिन स्वीप

एजेन्सी । वेस्ट इण्डिजविरुद्धको एकदिवसीय सिरिज भारतले क्लिन स्विप गरेको छ । गएराति सम्पन्न खेलमा वेस्ट इण्डिजलाई ११९ रनले हराउँदै भारतले सिरिज ३–० ले क्लिन स्विप गरेको हो ।

बुधबारको खेलमा पहिला ब्याटिङ गरेको भारतले ३६ ओभरको खेल सकिँदा ३ विकेट गुमाएर २२५ रन बनाएको थियो। सो क्रममा वर्षाले खेल रोकिएपछि वेस्ट इन्डिजले ३५ ओभरको लागि २५७ रनको लक्ष्य पाएको थियो।

भारतका लागि शभमन गिलले अविजित ९८ रनको पाली खेलेका थिए। त्यस्तै शखर धावनले ५८ रन बनाए।

जवाफी ब्याटिङमा उत्रिएको वेस्ट इन्डिज २६ ओभरमा १३७ रनमा समेटियो। भारतका यजुवेन्द्र चहलले सर्वाधिक ४ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077