Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतको गुजरातमा विषाक्त रक्सी पिउँदा २६ जनाको मृत्यु

एजेन्सी । मदिरा निषेधित भारतको गुजरातमा घरेलु मदिरा पिउँदा कम्तिमा पनि २६ जनाको मृत्यु भएको छ ।

अरु ४० जना भन्दा धेरै अस्पताल भर्ना भएका भारतीय सञ्चार माध्यमले जनाएका छन् । गुजराजको बोटाद जिल्लामा आइतबार रक्सी पिएकाहरु बिरामी परेका हुन् ।

उनीहरुको उपचार भइरहेको छ । प्रहरीले रक्सी बनाउने र बेच्ने ५ जनालाई पक्राउ गरेर कारबाही अघि बढाएको बताएको छ ।

भारतको गुजराजसहित बिहार, मिजोरम र नागल्याण्ड राज्यले मदिराको उत्पादन, बिक्री वितरण र उपयोगमा प्रतिबन्ध लगाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077