Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बाँकेमा आफ्नै घरमा दम्पती मृत फेला, हत्याको आशंका

बाँके । बाँकेको कोहलपुर नगरपालिका–१४ पार्वतीपुरमा मंगलबार बिहान दम्पती मृत फेला परेका छन् ।

आफ्नै घरमा कृष्ण गडरिया र उनकी श्रीमती मञ्जु गडरिया मृत फेला परेका हुन् ।

प्रहरीका अनुसार श्रीमानको शव घर बाहिर र श्रीमतीको शव घरभित्र फेला परेको हो ।

कृष्णको हातमा चोट देखिएको र मञ्जुको घाँटीमा डोरीको डोब रहेको तथा मुखबाट फिँज आएको देखिएको छ ।

उनीहरुको हत्या भएको आशंका गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077