Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पूर्वअर्थमन्त्री जनार्दन प्रकरण : प्रहरीले बुझायो सीसीटीभी हार्डडिस्कको फरेन्सिक रिपोर्ट

काठमाडौं । संसदीय छानबिन विशेष समितिलाई नेपाल प्रहरीले अर्थमन्त्रालयको सीसीटीभी फुटेजको हार्डडिस्कको फरेन्सिक रिपोर्ट बुझाएको छ ।

नेपाल प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले बजेट घोषणाको अघिल्लो दिन जेठ १४ गतेको सीसीटीभी फुटेजबारेको रिपोर्ट संसदीय विशेष छानबिन समितिलाई दिएको हो ।

पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले अर्थमन्त्रालयबाट सीसीटीभी फुटेज माग गरेको थियो । फुटेज डिलिट भएको मन्त्रालयको जवाफपछि समितिले हार्डडिस्क रिकभरका लागि प्रहरीको फरेन्सिक ल्याबमा पठाएको थियो ।

बजेट सार्वजनिकको अघिल्लो रात मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गराएर करको दायरा हेरफेर गरेको आरोपपछि अर्थमन्त्रीले राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077