Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रियसभाबाट नागरिकता विधेयक पारित

काठमाडौं । नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभाबाट पारित भएको छ ।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभाको सोमबार बसेको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेस गरेका थिए ।

प्रस्तावको पक्ष र विपक्षमा ध्वनि मत विभाजन गर्दा प्रस्तावको पक्षमा सबैजसो सांसदले ‘हुन्छ’ भनेका थिए । ‘हुँदैन’ भन्ने पक्षमा आवाज नआएको भन्दै अध्यक्ष तिमिल्सिनाले प्रस्ताव पारित भएको घोषणा गरेका हुन् ।

त्यसअघि राष्ट्रियसभामा उक्त प्रस्तावमाथि सैद्धान्तिक छलफल भएको थियो । छलफलमा उठेका प्रश्नका सम्बन्धमा गृहमन्त्री बालकृष्ण खाणले जवाफ दिएपछि प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077