Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

श्रीमतीको हत्या गरेर छतबाट हामफाल्दा श्रीमानको पनि मृत्यु

चितवन । चितवनको भरतपुरमा श्रीमानले श्रीमतीको खुकरी प्रहार गरी हत्या गरेका छन् ।

जिल्लाको भरतपुर महानगरपालिका वडा नं. १० रमाईलो चोकमा ३५ वर्षीया रुस्मा घिमिरे (आचार्य) को उनका श्रीमान ४३ वर्षीय कृष्णप्रसाद आचार्यले खुकुरी प्रहरी गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

राति १० वजे घरमा बसेर मोबाईल हेरिरहेको समयमा पछाडीबाट श्रीमानले धारिलो हतियार प्रहार गर्दा गम्भिर घाइते भएका थिए । घाइते श्रीमतीको उपचारको लागि अस्पताल लैजादा मृत्यु भएको थियो ।

श्रीमतीलाई आक्रमण गरेलगतै घरको छतमा पुगी श्रीमान कृष्णप्रसाद आचार्यले हाम फालेका थिए । घाइते भएका आचार्यको पनि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुवैजनाको शव पोष्टमार्टमको लागि भरतपुर अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077