Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एउटै रुखमा झुन्डिएको अवस्थामा तीन किशोरी मृत फेला

झापा । तीनजना किशोरी एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।

झापाको कचनकवल गाउँपालिका ५ मा आईतबार बिहान एउटै रूखमा तीन किशोरी झुण्डिएको अवस्थामा फेला परेका हुन्।

दुईजना एउटै हाँगामा र अर्की अर्को हाँगामा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मृतकमा स्थानीय पञ्चम गणेशकी १६ वर्षिया छोरी करिना, पुवालु गणेशकी १७ वर्षिया छोरी अन्जली र वीरवल गणेशकी १६ वर्षिया छोरी कल्पना छन्।

हिजो दिउँसोदेखि हराएका उनीहरू आज बिहान करिब ७.३० बजे झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077