Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

प्रेस युनियनको महाधिवेशन आजबाट हेटौंडा सुरु हुँदै, प्रधानमन्त्री देउवाले उद्‌घाटन गर्ने

काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था, पत्रकारहरूको संगठन नेपाल प्रेस युनियनको नवौँ महाधिवेशन आज बागमती प्रदेशको राजधानी हेटौंडा सुरु हुँदैछ। महाधिवेशनलाई नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उद्‌घाटन गर्ने छन् ।

करिब आठ वर्षपछि प्रेस युनियनको महाधिवेशन हुन लागेको हो। महाधिवेशनमा पदाधिकारीका लागि संस्थापन र संस्थापनइतर पक्षले उम्मेदवारी घोषणा गरिसकेका छ।

संस्थापन पक्षबाट अध्यक्षमा अनिता बिन्दु, वरिष्ठ उपाध्यक्षमा सरोज अधिकारी, महासचिवमा जगन्नाथ दुलाल र कोषाध्यक्षमा माधव धितालको उम्मेदवारी रहने भएको छ।

संस्थापनइतर समूहका तर्फबाट अध्यक्षमा शिव लम्साल उम्मेदवार बन्ने भएका छन्। महासचिवमा दिलीप पौडेल, वरिष्ठ उपाध्यक्षमा प्रेम केसी, उपाध्यक्ष खुलातर्फ राममणि दाहाल र नकुल अर्याल तथा उपाध्यक्ष महिलातर्फ सलोजा दाहाल उम्मेदवार बन्ने पक्का भएको छ।

दुवै पक्षले बाँकी उम्मेदवार शुक्रबार बेलुकासम्म तय गर्नेछन्। महाधिवेशन भोलिसम्म चल्नेछ। महाधिवेशनका लागि देशभरका कांग्रेस समर्थित पत्रकारहरू हेटौंडा पुगिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077