काठमाडौं । १४औं महाधिवेशनलाई ‘नेतृत्व छान्ने महाधिवेशन’का रूपमा बताएको नेपाली कांग्रेसको ‘नीति महाधिवेशन’ भने अनिश्चित बनेको छ ।
१४औं महाधिवेशन सम्पन्न भएको ६ महिना बितिसक्यो । महाधिवेशनबाट पार्टी नयाँ नेतृत्व छान्दा कांग्रेसले नीति महाधिवेशन भने ६ महिनाभित्र गर्नेगरी नेतृत्व मात्रै चयन गरेको थियो ।
२८ मंसिर २०७८ बाट १४औं महाधिवेशन गरेको कांग्रेसले महाधिवेशनमार्फत केन्द्रीय पदाधिकारी र नेता छाने पनि पार्टी नीति निर्धारण नगर्दा उसको मार्गदिशा नै अनिश्चित बनेको हो ।
गत २७ असारबाट सुरु भएर २ साउनमा ६ दिन बस्दै सकिएको केन्द्रीय कार्यसमिति बैठकले पार्टी नीति महाधिवेशन निर्णय गर्ने अपेक्षा गरिए पनि ‘केन्द्रीय समितिले आवश्यक निर्णय लिने’ भन्दै कांग्रेसले नीति महाधिवेशनलाई झनै अनिश्चित बनाएको छ । राजधानी दैनिकबाट
Leave a Reply