Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विचार मिल्नेसँग गठबन्धन गर्ने तत्कालीन नेकपा बहुमत पक्षको निर्णय

काठमाडौं । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी नेकपाका बहुमत सचिवालय सदस्यबीचको छलफल सकिएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र वामदेव गौतमबीच सामूहिक छलफल सुरु भएको हो ।

बैठकमा विचार मिल्नेहरुबीच पुनः पार्टी एकीकरण गर्नेबारे सकारात्मक छलफल भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले जानकारी दिए ।

बैठकमा गठबन्धनलाई बलियो बनाउने विषयमा छलफल भएको बताउँदै उनले विचार मिल्ने अरुलाई पनि गठबन्धनमा मिलाएर लैजाने बारेमा पनि छलफल भएको बताए । मंगलबार अपराह्न सिंहदरबारमा तत्कालीन नेकपाका बहुमत सचिवालय सदस्यबीच छलफलको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077