Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रियसभाको बैठक भोलि बस्ने

काठमाडौं । राष्ट्रियसभाको बैठक भोलि बस्ने भएको छ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा भोलि दिउँसो १ बजे बैठक बस्ने भएको हो।

बैठकका लागि एउटा मात्र सम्भावित कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरेको छ। शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक’ २०७६ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयकमाथिको छलफल सकिएपछि पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077