Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

लुटेराहरुले देश आलोपालो गर्दै कुम्ल्याउन थाले : विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपालको स्वाधिनता र सार्वभौमिकता खतरामा रहेको बताएका छन्।

सोमबार काठमाडौंमा एक कार्यक्रममा बोल्दै चन्दले इतिहासमै पहिलोपटक नेपालको स्वाधिनता र सार्वभौमिकता खतरामा रहेको बताएका हुन्।

सुगौली सन्धि र दिल्ली सम्झौताभन्दा पनि खतरनाक बनेर एमसिसी र एसपिपीहरू नेपालमा आइलागेको चन्दले दाबी गरे। उनले नेपालमा राजनीतिक अस्थिरता प्रतिदिन गहिरिँदै गएको उल्लेख गर्दै संसदवादी पार्टीहरू देशको नेतृत्व गर्न असफल बन्दै गइरहेको बताए।

महासचिव विप्लवले अहिलेका दलहरूले दलको स्वार्थका लागि केही मान्छेको झोली भर्नको लागि सिंगै देशलाई मोलमोलाई गरिरहेको बताए। अहिलेको व्यवस्थालाई मुठीभर लुटेराहरूको व्यवस्थाको संज्ञा दिँदै शहीदको बलिदान दिएर ल्याउन खोजेको व्यवस्था यो नभएको स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077