Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतको इन्डिगो विमानमा प्राविधिक समस्या देखिएपछि पाकिस्तानमा अवतरण

एजेन्सी । भारतको इन्डिगो विमानमा प्राविधिक समस्या देखिएपछि पाकिस्तानको कराँची सहरमा आपत्कालीन अवतरण गरिएको छ ।

सो विमान यूएईको शारजाहदेखि हैदरावाद आइरहेको थियो । कराँची विमानस्थलमा विमानको जाँच भइरहेको छ ।

इन्डिगोले कराँचीमा दोस्रो विमान पठाउने तयारी गरिरहेको छ । पछिल्लो दुई हप्तामा कुनै भारतीय विमान समस्या आएर कराँचीमा ल्यान्डिङ गर्नुपरेको यो दोस्रो अवसर हो ।

यसअघि पाँच जुलाईमा स्पाइस जेटको विमानमा समस्या देखिएपछि कराँचीमा आपत्कालीन अवतरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077