Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

६ दिनका लागि गुप्तचरको एआईजीमा थापा

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागमा अतिरिक्त मुख्य अनुसन्धान निर्देशक पदमा कुलदेव थापा बढुवा भएका छन् ।

शुक्रबार बसेकोे मन्त्रिपरिषद् बैठकले थापालाई मुलुकको गुप्तचरी निकाय राअविको दोस्रो वरियताको पद अतिरिक्त मुख्य अनुसन्धान निर्देशकमा बढुवा गरेको हो ।

सरकारले दोस्रो नम्बर वरियतामा रहेका थापालाई मुख्य अनुसन्धान निर्देशकमा बढुवा गरेको हो ।  हाल मुख्य अनुसन्धान निर्देशकमा बढुवा भएपनि उनले ५८ वर्षे उमेर हदका कारण साउन ४ गते अवकाश पाउनेछन् ।

राअविका हालका मुख्य अनुसन्धान निर्देशक राअविका अतिरिक्त अनुसन्धान निर्देशक यादव रेग्मीले ९ वैशाखमा अवकास पाएपछि एक मात्र मुख्य अनुसन्धान निर्देशकको पद खाली थियो ।

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले गुप्तचरमा तीन मध्ये दुईवटा अतिरिक्त अनुसन्धान निर्देशकको दरबन्दी कटौती गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077