Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईजीपी नियुक्ति विरुद्धको रिटमा बहस सकियो

काठमाडौं  । आईजीपी नियुक्ति विरुद्धको रिटमा विश्वराज पोखरेलका वकिलले जवाफी बहस सकेका छन् । पोखरेल पक्षका वकिलको जवाफी बहस सकिएसँगै फैसला आजै आउने भएको छ ।

निवेदक एआईजी विश्वराज पोखरेलको तर्फबाट वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले जवाफी बहस गरेका हुन् ।

गत वैशाख १८ मा मन्त्रिपरिषद्ले धीरज प्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो ।

वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077