Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अखिल क्रान्तिकारीद्धारा गभर्नर अधिकारीलाई बर्खास्त गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं । विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्त गर्न माग गर्दै प्रदर्शन गरेको छ ।

अखिल (क्रान्तिकारी)ले गभर्नर अधिकारी नेकपा एमालेको नेता भएको आरोप लगाउँदै उनलाई बर्खास्त गर्न माग गर्दै काठमाडौंका भृकुटीमण्डपस्थित प्रदर्शनीमार्गमा प्रदर्शन गरेको हो ।

पार्टीको कार्यकर्ता गभर्नर हुन नसक्नै भन्दै सत्ताको नेतृत्व गरिरहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत पार्टीलेसमेत अधिकारीको राजीनामा मागिरहेका छन् ।

यता, नेकपा एमालेले पार्टीको अर्थ तथा योजना विभाग सदस्य एम अधिकारी गभर्नर नरहेको स्पस्टीकरण दिएको छ भने महाप्रसाद अधिकारीले आफ्नो नाम जोडर प्रचार भइरहेको भन्दै एमाले केन्द्रीय कार्यालयलाई पत्र लेखी आफू कुनै पनि पार्टीको सदस्य रहने कुरा सोच्नसमेत नसकिने बताएका छन् ।

नेकपा एमालेले खोटाङका एम. अधिकारीलाई अर्थ तथा योजना विभागमा राखेपछि गर्भनर अधिकारी विवादित बनेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077