Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वेस्ट इन्डिजविरुद्धको सिरिजका लागि विराट कोहली टिममा परेनन्

एजेन्सी । वेस्ट इन्डिजविरुद्धको सिरिजका लागि भारतीय टोलीको घोषणा भएको छ । १८ सदस्यीय टोलीमा विराट कोहली भने छैनन् ।

टिममा केएल राहुल र कुलदीप यादवले कमब्याक गरेका छन् ।

रोहित शर्माले कप्तानी गर्ने टोलीमा विराट कोहली र जस्प्रित बुम्राह टिममा छैनन् ।

टिममा रोहित शर्मा (कप्तान), इशान किशन, केएल राहुल, सूर्यकुमार यादव, दीपक हुडा, श्रेयस अय्यर, दिनेश कार्तिक, ऋषभ पन्त, हार्दिक पाण्ड्या, रविन्द्र जडेजा, अक्षर पटेल, आर अश्विन, रवि बिश्नोई, कुलदीप यादव, भुवनेश्वर कुमार, अवेश खान , हर्षल पटेल, अर्शदीप सिंह रहेका छन् ।

भारतले २९ जुलाईबाट वेस्ट इन्डिजसँग पाँच टी–ट्वान्टी खेल खेल्दैछ । जसअन्तर्गत अन्तिम दुई खेल अमेरिकामा हुनेछन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077