Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि, कांग्रेसका मन्त्रीले जवाफ दिँदै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । केन्द्रीय समितिको बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो ।

सोमबारदेखि शुरू भएको बैठकलाई आजै सक्ने कांग्रेसको तयारी छ । आजको बैठकमा कांग्रेसको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले आज जवाफ दिने भएका छन् ।

जारी केन्द्रीय कार्यसमितिको बैठकमा सरकारको आलोचना भएपछि बिहीबारको बैठकमा कांग्रेसको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले जवाफ दिने कार्यक्रम राखिएको हो ।

सरकारको काम कारबाहीका बारेमा केन्द्रीय सदस्यहरुले प्रश्न उठाएपछि मन्त्रीहरूले जवाफ दिने कार्यक्रम राखिएको प्रवक्ता प्रकाशशरण महतले बताए । बुधबारको बैठकमा केही केन्द्रीय सदस्यहरुले सरकारको चर्को आलोचना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077