Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कांग्रेस केन्द्रीय बैठकमा नेताहरुले भने - गठबन्धनलाई आउँदो चुनावसम्म लैजानुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले गठबन्धनलाई आउँदो सङ्घ र प्रदेशको चुनावसम्म लैजानु पर्नेमा जोड दिएका छन् ।

नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा बोल्ने क्रममा सदस्यहरूले पार्टीले विजय हासिल गर्नुमा गठबन्धनले मद्दत गरेको बताउँदै आगामी चुनावसम्म लैजानु पर्नेमा जोड दिएका हुन् ।

केन्द्रीय सदस्यहरूले बैठकमा गठबन्धनले समग्र परिणाममा राम्रो गरेकाले आउँदो चुनावसम्म यसलाई निरन्तरता दिनुपर्ने धारणा राखे ।

नेताहरूले समानुपातिक निर्वाचन प्रणाली भएका कारण पनि गठबन्धन गर्नुको विकल्प नभएको धारणा राखेका प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।

उनले भने, ‘समग्रमा समीक्षा र आउँदा दिनमा कसरी पार्टी जानुपर्छ भन्ने विषयमै छलफल केन्द्रित छ । आज बोल्ने सबै साथीहरूले गठबन्धनलाई अगाडि बढाउनुपर्छ भन्नुभएको छ । समानुपातिक निर्वाचन प्रणालीका कारण पनि गठबन्धनको विकल्प छैन भन्नुभएको छ ।’

त्यस्तै विगतको गठबन्धनबाट पाठ सिकेर साउनभित्रैमा गठबन्धनको विषयमा टुङ्गो लगाउनुपर्ने र भदौभित्रैमा पार्टीको टिकटको टुङ्गो लगाइसक्नुपर्नेमा नेताहरूले जोड गरेका प्रवक्ता महतले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077