Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बाबुरामलाई दीपशिखाको कटाक्ष : चिन्तन-मनन गरेर बस्नुस्,संगठनको भारी नबोक्नुस्

काठमाडौं । जनता समाजवादी पार्टी जसपा का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईप्रति नेकपा माओवादी केन्द्रका नेता रामप्रसाद सापकोटा ‘दिपशिखा’ले कटाक्ष गरेका छन्।

माओवादीको पूर्व नेतासमेत रहेका भट्टराई जसपाबाट अलग हुने अभ्यास गर्दै गर्दा नेता सापकोटाले कटाक्ष गरेका हुन्।

सापकोटाले बाबुरामलाई कटाक्ष गर्दै फेसबुकमा लेखेका छन्, ‘चिन्तन–मनन गरेर बस्नुस्। तपाईं पार्टी (संगठन)को बोझिलो भारी नबोक्नुस्। तपाईं अहिलेसम्म कहिल्यै पास हुनुभएन। भूतपूर्व नेताको हैसियतले कहिलेकाहीँ बिछट्टै माया लाग्छ।’

राजनीतिमा कहिल्यै सफल नभएको उल्लेख गर्दै उनले भट्टराईलाई बोझिलो भारी नबोकी चिन्तन–मनन गरेर बस्न सुझाव दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077