Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

२५ हजार रुपैयाँ पर्ने संसारकै महँगो फ्रेन्च फ्राइज

एजेन्सी । तारेको आलुका टुक्रा अर्थात् फ्रेन्च फ्राइजको मूल्य कतिसम्म पर्ला ? के एक प्लेट फ्रेन्च फ्राइजको मूल्य २५ हजार पर्छ भनेर पत्याउनुहुन्छ ? सायद पत्यार नलाग्न सक्दछ । तर अमेरिकाको न्युयोर्कस्थित एक रेष्टुरेन्टले संसारकै महंगो फ्रेन्च फ्राइज तयार पारेको छ, जसको मूल्य एक प्लेटकै २५ हजार रुपैयाँ पर्दछ ।

न्युयोर्कस्थित सेरेन्डीपिटी रेष्टुरेन्टले तयार पारेको उक्त फ्रेन्च फ्राइजको मूल्य २ सय अमेरिकी डलर हो । यो फ्रेन्च फ्राइजको नाम संसारकै महँगो फ्रेन्च फ्राइजको रुपमा गिनिज बुकमा समेत दर्ज भएको छ ।

यो फ्रेन्च फ्राइजको मूल्य हजारौँ रुपैयाँको हुनुमा केही खास कारण छन् । वास्तवमा यो फ्राइज बनाउनका लागि महंगो तथा उच्च गुणस्तरीय आलुको प्रयोग गरिएको छ । यसमा भिन्टेज २००६ स्याम्पेन, जे ली ब्लांक फ्रेन्च स्याम्पेन भिनेगर, ट्रफल साल्ट, ट्रफल आयल, विशेष खालको चिज तथा बटरसँगै २३ क्यारेटको खान मिल्ने सुनको धुलो समेत यो फ्रेन्च फ्राइजमा मिसाइएको हुन्छ ।

सुनौलो रङ्गको यो फ्रेन्च फ्राइज जुलाई १३ देखि उक्त रेष्टुरेन्टमा औपचारिक रुपमा ग्राहकलाई उपलब्ध गराइँदैछ । जुलाई १३ लाई अमेरिकामा राष्ट्रिय फ्रेन्च फ्राइज दिवसको रुपमा मनाइन्छ । स्मरण रहोस् यही रेष्टुरेन्टले नै संसारको सबैभन्दा महँगो डेजर्ट समेत पस्किने गरेको छ । जसको मूल्य २५ हजार अमेरिकी डलर छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077